काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।
दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए।
मन्त्रिपरिषदको बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकीय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए।लामो समयदेखी बिरामी रहेकी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।

