कृष्णबहादुर महराका छोरा राहुल पुर्पक्षका लागि कारागार चलान

कर्णाली अनलाइन २६ आश्विन २०८०, शुक्रबार २०:३२

काठमाडौँ । भेपमा सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।धरौटी बुझाएमा उनी रिहा हुनेछन्।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन् । ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ । उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए ।

नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए । राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो। साथै, तस्करीमा मुछिएका चिनियाँहरूसँग पनि उनको घनिष्ठ सम्बन्ध देखिएको थियो ।

राहुलले आर्थिक लाभका निम्ति तस्करहरूसँग मिलेमतो गरेको, अपराध गर्न पिरामिड शैलीमा तहगत जिम्मेवारीहरू बाँडफाँट गरेको, भन्सारमार्फत नेपाल सरकारलाई प्राप्त हुने राजस्व नोक्सान हुनेगरी काम गरेको र भन्सारबाट सुन तस्करी गराउन प्रत्यक्ष भूमिका खेलेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उक्त सुन भन्सारबाट छुटाउन महराका बाबुछोराले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ तथा भन्सारका प्रमुख प्रशासक अरुण पोखरेलले बारम्बार फोन गर्ने, भेट्ने र एमएमएसबाट समेत दबाब दिएको अभियोगपत्रमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु

२६ आश्विन २०८०, शुक्रबार २०:३२
एजेन्सी।संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस […]