एक हजार २० मत गन्दा गगनको ६५८, अरू कसले कति ल्याए?

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार ०७:२२

काठमाडौं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। एक हजार २० मत गन्दा गगनले ६५८ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले ४०४, प्रशाशरण महतले ३४२, प्रदीप पौडेल ३२०, डा मीनेन्द्र रिजाल १७५ र राजाराम कार्कीले २९ मत मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।

कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रक्षामन्त्रीबाट राजीनामा दिँदै डा.मिनेन्द्र रिजाल,यस्तो छ खास कारण?

१ पुष २०७८, बिहीबार ०७:२२
काठमाडौँ ।नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन्। उनले मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउने ट्वीटरमार्फत जानकारी दिएका हुन्।‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा […]

सम्बन्धित शीर्षक