आयोगले संघीय संसदमा आवश्यक उपसचिवका लागि लिएको लिखित परीक्षामा सबै ‘फेल’

कर्णाली अनलाइन १५ कार्तिक २०७८, सोमबार ०८:००

काठमाडौँ ।लोकसेवा आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको पदका लागि लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको छ।आयोगले आइतबार परीक्षाफल प्रकाशित गर्दै कोही पनि उत्तीर्ण हुन नसकेको जनाएको हाे।

आयोगले संघीय संसदमा दरबन्दी हुने गरेर उपसचिव वा सोसरहको ३ वटा पदका लागि आवेदन खुलाएको थियो। आयोगका अनुसार मागभन्दा कम २ जनामात्र लिखित परीक्षामा सहभागी भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा माओवादीले सत्ता हस्तान्तरण नगरे कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी

१५ कार्तिक २०७८, सोमबार ०८:००
सुर्खेत । कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न आज ४ बजेसम्मको समयसीमा दिएको छ। माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग छ। वर्तमान सरकारमा मन्त्रीको हिस्सेदारी बढाएर सहकार्य गर्ने पक्षमा कांग्रेस देखिएको छैन। प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री छन्। कांग्रेस सांसद […]