रुकुम पश्चिम। रुकुम पश्चिममा लामो समयपछि पानी पर्दा कृषकहरु हर्षित भएका छन्। लामो समयपछि शुक्रबारबाट वर्षा हुँदा किसान हर्षित भएका हुन्।
बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लाका उच्च भुभाग हल्का हिमपात पनि भएको छ ।
लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा गहुँ ,चौँ लगायत आलुबाली राम्रो हुने त्रिवेणी गाउँपालिका ३ का टेक बहादुर खड्काले बताए । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीयहरुले बताए।
स्थानीयले भने पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउनेछ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ।

