एनएमबि लघुबित्त– प्युठान शाखा कार्यालयद्धारा वित्तिय साक्षरता,सहभागीहरु हर्षित

कर्णाली अनलाइन १८ फाल्गुन २०८१, आईतवार २१:४७

प्युठान। जिल्लाको प्युठान नगरपालिका वडा न–७ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यालय प्युठानले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको छ ।प्युठान शाखा कार्यायलले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम सन्चालन गर्दैँ आइरहेको छ ।

उक्त नगरपालिका वडा न. ७ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय प्युठानले विभिन्न केन्द्र मा छुट्टाछुट्टै ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, न्युनिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय प्युठान शाखा प्रबन्धक शर्मालाल आचार्यले कर्णाली अनलाइनलाई जानकारी दिनु भयो।

उक्त कार्यक्रमको प्रशिक्षण शाखा कार्यालय प्युठानका शाखा प्रबन्धक शर्मालाल आचार्यले गर्नुेभएको थियो भने व्यवस्थापन तथा सहजीकरण शाखा कार्यालय प्युठानका कर्मचारी देबसरा खत्रीले गर्नुेभएको थियो ।

उक्त नगरपालिकामा वडा न. १,२,३,४ ,५,६,७,८,९ र १० का बिपन्न बर्ग तथा न्यून आयस्रोत भएको घरधुरिलाई पहिलो प्राथमिकता दिई सेवा दिदै आएको यस एनएमबि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय प्युठान जिल्लाको प्युठान नगरपालिका, मल्लरानी गा.पा.स्वर्गदवारी नगरपालिका र झिम्रुक गा.पा.आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *