पोखरा महानगरपालिका : धनराज आचार्यले बढाए मतान्तर, २१ सयले अगाडि

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०२:१५

कास्की।पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर बढाएका छन्। जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन्।

नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन्। यस्तै राप्रपाका शंकर खरालले एक हजार ९६२ मत प्राप्त गरेका छन्। गनेस पौडेलले एक हजार २४ मत ल्याएका छन्। विवेकशील साझाकी सुशीला केसीले १४६ मत पाइन्।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएकी छिन्। राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले एक हजार ७४४ मत प्राप्त गरेकी छिन्। विवेकशील साझाका माधव पौडेलले ८८ मत पाएका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडाैँ अपडेट : बालेनले ल्याए २२ हजार १८९ मत

५ जेष्ठ २०७९, बिहीबार ०२:१५
काठमाडाैँ।काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार १८९ मत ल्याएका छन्।५८ हजार ७६ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत ल्याएका छन्। बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० […]