कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०३:२१

काठमाडौं। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो। यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

१४ जेष्ठ २०७९, शनिबार ०३:२१
काठमाडौं। सरकारले ८ सय १८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन्। सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका […]