विश्वआईसीसी पुरुष टी–ट्वान्टी कप:ओमानमाथि नेपालको शानदार जित

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार १०:३४

काठमाडौँ।विश्वआईसीसी पुरुष टी–ट्वान्टी कप ग्लोबल छनोटअन्तर्गत नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ।ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ओमानले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जाेडे। यस्तै कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए। यस्तै लाेकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जाेडेका थिए।

बलिङतर्फ ओमानका लागि खवर अलीले ३ विकेट लिए। यस्तै बिलाल खानले २ तथा फय्याज बट र जिशान मकसूदले १-१ विकेट लिए।११८ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको ओमान १७ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटियो।

नेपाललाई जित दिलाउन कमल ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई तथा जितेन्द्र मुखिया र अविनाश बोहोराले एक–एक विकेट लिए।ओमानका नशिम खुशीले २४ रन बनाए पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा अमेरिकी दबाबको प्रतिरोध गर्छौं : चीन

६ फाल्गुन २०७८, शुक्रबार १०:३४
एजेन्सी।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्।आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रवक्ता वनपिनले २८ फेब्रुअरीसम्म ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) पारित गर्ने समयसीमा तोकेर ‘दबाबपूर्ण कूटनीति’ सञ्चालन गरेको आरोप लगाए। वाङले नेपालको आर्थिक विकास र जीवनस्तर […]