सुर्खेत।बझाङको पातादेबलनजिक केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
शनिवार बेलुका ८ बजेर १२ मिनेटमा भूकम्प गएको केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिए । पश्चिम नेपालका दैलेख, कालिकोट जुम्ला अछाम,बाजुरा ,डोटीलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

