कर्णालीमा मन्त्रीपरिषद समावेशी नभएको भन्दै दायर रिटमाथि अदालतले कारण देखाउ आदेश जारी

कर्णाली अनलाइन २६ माघ २०७८, बुधबार ०९:५७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रीपरिषद समावेशी नभएको भन्दै दायर रिटमाथि अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले आज प्रदेश सरकारका नाममा कारण देखाउँ आदेश जारी गरेको हो ।

अदालतको जारी आदेशमा सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले नेपालीरैबारलाइ जानकारी दिए । उनकाअनुसार निवेदकले अन्तरिम आदेश माग गरेको सन्दर्भमा दुवै पक्षको भनाई सुनेर निष्कर्षमा पुग्न उचित देखिएकाले फागुन १० गते पेशी तोकिएको छ ।

अधिवक्ता शेरबहादुर खत्री र अनौपचारिक सेवा केन्द्र ईन्सकका प्रलेख टिका विष्टले कर्णाली सरकार विस्तारमा समावेशी नभएको भन्दै मंगलबार अदालतमा रिट दायर गरेका थिए । संविधानको धारा १६८ (९) मा समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुनेगरी मन्त्रिपरिषद गठन गर्नुपर्ने प्रावधान छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, ऊर्जा तथा जलस्रोत मन्त्रीमा गणेशबहादुर सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कार्चेन लामा र भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीमा पदमबहादुर रोकायालाई नियुक्त गरेका थिए ।

त्योभन्दा अघि नै मुख्यमन्त्रीले आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका हुन् । कर्णालीको आठ सदस्यीय मन्त्रिपरिषदमा हाल महिला र दलित समुदाय नभएको भन्दै आलोचना भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा एक बालक मृत फेला

२६ माघ २०७८, बुधबार ०९:५७
डोटी । जिल्लाको जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन्। विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत फेला परेको प्रहरीले जनाएको छ। माघ २३ गते राति बिहेमा गएका नाथ बुधबार गोगनपानी सडक नजिकै मृत भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला […]