सुर्खेतमा ट्याक्टर दुर्घटना,एक जनाको मृत्य

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ०९:४९

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।उनका अनुसार ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीन जना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

१८ पुष २०७८, आईतवार ०९:४९
ताप्लेजुङ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन। आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन।पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो। ‘चौरीसँगै हिउँ पहिरोले बगायो। तर, ओढार भेटेर बसेका […]