ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गयाे

कर्णाली अनलाइन २३ फाल्गुन २०७८, सोमबार ०७:०९

काठमाण्डौं । ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।ललितपुरको कोञ्ज्याेसोम गाउँपालिका-४ नल्लुका काइँली स्याङ्तानको परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना भने बेहोस अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उपचारका लागि उनलाई अस्पताल लगिएकाे छ ।

उनीहरु आज बिहान बेहोस भएको अवस्थामा भेटिएका थिए । प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहाेस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

२३ फाल्गुन २०७८, सोमबार ०७:०९
काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने […]