सुनको भाउ आज दुई हजार रुपैयाँले बढ्यो

कर्णाली अनलाइन २२ फाल्गुन २०७८, आईतवार ०६:०६

काठमाण्डौं । सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो ।  हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।

युद्धविराम भइनसकेको र डलरको भाउ पनि बढेकाले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । यसअघि गएको वर्षको साउनमा सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसपालि भाउ  बढेर यो मूल्य नाघ्ने अनुमान गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ३५ रुपैयाँले बढेर चाँदीकाे भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँकाे दमौली बजारमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

२२ फाल्गुन २०७८, आईतवार ०६:०६
काठमाण्डौं । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । त्यहाँको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख […]