अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

कर्णाली अनलाइन २५ माघ २०७९, बुधबार २१:१५

काठमाडौं : अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्ध विस्तार गर्न चाहेको खुलासा गरेकी छन्।​

बुधवार दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले यस्तो बताएकी हुन्। उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन्।

उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गरिन्।

उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत आग्रह गरिन्। उनले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि स्पष्ट पारिन्। उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन्।

उनले भनिन्, ‘भूराजनीति परिवर्तन भइरहन्छ। शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो। तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला। हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ। नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो।’

प्रमुख सामन्थाले सञ्चारकर्मीहरूले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपाली प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धतालाई व्यक्त गर्न पाउने अवसरका रूपमा हेरेको बताइन्।

उनले त्यस सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी

२५ माघ २०७९, बुधबार २१:१५
।टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ८,५७४ पुगेको छ।सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ २२६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन्। सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्।मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको […]