पाल्पामा बस दुर्घटनाहुँदा ६ जना गम्भिर घाइते

कर्णाली अनलाइन २ बैशाख २०७९, शुक्रबार १५:१४

पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा भएको बस दुर्घटनाका ६ जना घाइते गम्भिर छन्। दुर्घटनामा ५ बालकसहित ६ जना घाइते भएका थिए। दुर्घटनामा सोही गाउँपालिका-६ का ९ वर्षका खिमबहादुर घर्ती, ८ वर्षका रोमन घर्ती र मिलन बगाले र ७ वर्षका रोहित घर्ती सिकिस्त भएको पाल्पाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। सबै घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये बसधनी ४२ वर्षीय बेदबहादुर विसी र अर्का १० वर्षीय बालक आकाश रास्कोटीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। ग १ ख ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा दुर्घटना भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा गठबन्धन भएन, मित्रवत् व्यवहारका साथ चुनावमा जाने सहमति

२ बैशाख २०७९, शुक्रबार १५:१४
बाँके। पाँचदलीय गठबन्धनको सम्भावना टरेको छ। सरकारमा सहभागी दलहरू मित्रवत् व्यवहारका साथ चुनावमा होमिने भएका छन्।सुरुवाती बैठकबाटै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि शुक्रबार बसेको चार दलको बैठकमा कुरा नमिलेपछि एक अर्कालाई मित्रवत् व्यवहार गरेर चुनावमा जाने मोटामोटी सहमति भएको हो। कांग्रेसका युवा नेता टेकनारायण भुसालले केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा […]