कर्णालीका मूख्यमन्त्री लगाएत अन्य मन्त्रीहरुले गरे वीरेन्द्रनगर शहिदपार्क सरसफाई

कर्णाली अनलाइन ७ फाल्गुन २०७८, शनिबार ०६:०७


सुर्खेत।७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका मूख्यमन्त्री लगाएत अन्य मन्त्रीहरुले वीरेन्द्रनगरको शहिदपार्क सरसफाई गरेका छन् ।वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकाया लगाएतका अन्य मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाई गरिएको छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान शहिदपार्क परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबारदेखि तीन दिनसम्म दीपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दीपावली गर्ने निर्णय गरेको छ । यस्तै, कर्णाली प्रदेशभरका नागरिकले पनि आ–आफ्नो घरमा तीन दिनसम्म दीपावली गर्न सरकारले आग्रह गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा मोटरसाइकल दुर्घटनाहुँदा दुई जनाको घटना स्थलमै मृत्यु

७ फाल्गुन २०७८, शनिबार ०६:०७
 सुर्खेत ।सुर्खेत–नेपालगञ्ज रत्नराजमार्गको हर्रे चेकपोष्ट  नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–१०, घारीवनका २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हाे । छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा रत्न राजमार्गकाे बबई नजिकै […]