सुर्खेतमा मोटरसाइकल दुर्घटनाहुँदा दुई जनाको घटना स्थलमै मृत्यु

कर्णाली अनलाइन ७ फाल्गुन २०७८, शनिबार १०:२९

 सुर्खेत ।सुर्खेत–नेपालगञ्ज रत्नराजमार्गको हर्रे चेकपोष्ट  नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–१०, घारीवनका २० वर्षीय रविन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हाे ।

छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा रत्न राजमार्गकाे बबई नजिकै भीरबाट दुई सय मिटर तल मोटरसाइकल खसेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनकाअनुसार नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा घटनास्थलबाट दुबै जनाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पताल ल्याईए पनि मोटरसाइकल अहिलेपनि घटनास्थलमै रहेको छ ।

तीव्रगति (ओभरस्पीड) भएका कारणले भीर नजिकैको टर्निङ्गमा मोटरसाइकलको हेन्डिल मोड्न नसकेर गएराती नै दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आज विहानमात्रै बाटोमा ओहर–दोहर गर्ने यात्रुले मोटरसाइकल भीरबाट खसेको देखेपछि हर्रे स्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए ।

                                                                                                   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्याय, समानता र समृद्धिका साथै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ : राष्ट्रपति

७ फाल्गुन २०७८, शनिबार १०:२९
काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी हुन् । साथै उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ […]