२४ घण्टामा २७ जनामा काेराेना सङ्क्रमण

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १०:४९

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो ।

यस्तै थप दुई सय २० जना निको भएका छन् । नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।यस्तै थप एक लाख ४५ हजार नौ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावमा हाम्राे पार्टीकाे शक्ति देखिनेछ, हामीलाई खिसीटियुरी गर्नेहरूको हरिबिजाेग हुनेछ : अध्यक्ष नेपाल

३ चैत्र २०७८, बिहीबार १०:४९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे स्थानीय तहको चुनावमा आफ्नो पार्टीको शक्ति देखिने बताउनुभएको छ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले आउँदै गरेकाे स्थानीय तह चुनावमा आफ्नाे पार्टीको शक्ति देखिने भन्दै आफूहरूलाई खिसीटियुरी गर्नेहरूको हरिबिजोग हुने बताउनुभयो । अध्यक्ष नेपालले […]