प्रदेशका सरकार पनि तत्काल पुनःगठन गर्छौँः प्रधानमन्त्री ‘प्रचण्ड’

कर्णाली अनलाइन ७ चैत्र २०७९, मंगलवार २२:००

गोरखा।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन्।गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए। ‘हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ,’ उनले भने, ‘सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ।’

उनले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए। ‘सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘जनताका विकास, निर्माण र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ।’

उनले तीन तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए। प्रधानमन्त्री दाहालले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए। सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उनले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख-सुर्खेत खण्ड अन्तर्गत तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना,३ जनाको मृत्यु

७ चैत्र २०७९, मंगलवार २२:००
दैलेख । दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय […]