‘२४ लाख खोप हराएको नभई विवरण अद्यावधिक नभएको’

कर्णाली अनलाइन ३ फाल्गुन २०७८, मंगलवार ०९:४२

काठमाडौं।कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो।

खोप छानबिन समितिका एक सदस्यले भने‚ ुजसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।ु

प्रतिवेदनमा कति खोप खेर गयो, कति खोपको म्याद गुज्रिएर फालियो, कति खोप लगाइयो र कति खोप मौज्दात छ भन्ने विवरण समेत आएको बताइएको छ।यसअघि संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्यसचिव डा। रोशन पोखरेलले कोभिडविरुद्धको २४ लाख डोज हराएको भनेपछि यो विषय विवादित बनेको थियो।

विषय विवादित बन्दै गएपछि स्वास्थ्यमन्त्री खतिवडाले १५ दिनअघि मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए।

सरकारले डा गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो। सरकारले गठन गरेको छानबिन समितिमा डा। गुणनिधि शर्मा, डा। अभियान गौतम, यशोदा अर्याल र अनिल थापा थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमतीलाई बलात्कारकाे अभियाेगमा साढे तीन वर्ष कैद

३ फाल्गुन २०७८, मंगलवार ०९:४२
धनगढी।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका अछामका युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ।उच्च अदालत दिपायलले वैवाहिक बलात्कारका आरोपीलाई तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो। २०७७ असोज २३ मा सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन्। पीडितका साक्षीका रुपमा […]