कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो, यस्तो छ परिणाम

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार १५:१०

काठमाडौँ।नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।३५ जना निर्वाचितहुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

 नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा  निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो । मत गणना सकिए पनि रुजुको काम नसकिएकाले निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरिसकेको छैन


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन अवतरण नगरी फर्कियो कोभिड खोप लिएर आएको चिनियाँ विमान ?

४ पुष २०७८, आईतवार १५:१०
काठमाडाैं ।चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताए । सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका […]