एमाले दुल्लुको मेयरमा रुद्र शाही उम्मेदवार

दैलेख संवाददाता ३० चैत्र २०७८, बुधबार ०२:२४

दैलेख ।एमालेबाट दैलेखको दुल्लु नगरपालिकाको मेयरको उम्मेदवारका लागि रुद्र शाही सिफारिश भएका छन्।नगर प्रमुखका उम्मेदवार छनोटका लागि एमाले दुल्लु नगर कमिटीले आज गरेको निर्वाचन प्रक्रियाबाट रुद्र शाही छनोट भएका हुन्।

सहमतिका माध्यमबाट मेयरका उम्मेदवार टुंग्याउने भने पनि आकांक्षीहरूको संख्या धेरै भएकाले निर्वाचन भएको एमाले दैलेखका उपसचिव गङ्गाराम दाहालले बताए।एमालेबाट नगर प्रमुखको उम्मेदवारी छनोटका लागि ६ जनाले उम्मेदवारी दिएका थिए।

६ जना मध्ये रुद्र शाहीले ५६ मत ल्याउँदै विजयी भएका हुन्।उपप्रमुखका लागि रेणु भट्टराई चयन भएकी छन्। उपप्रमुख छनोटका लागि ७ जना निर्वाचन प्रक्रियामा सहभागी भएका र भट्टराईले ३३ मत प्राप्त गर्दै छनोट भएकी हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा जिप दुर्घटना‚ चालकको मृत्यु

३० चैत्र २०७८, बुधबार ०२:२४
बझाङ ।छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ।बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ। भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना […]

सम्बन्धित शीर्षक