यातायात व्यवसायी महासंघ कर्णाली संयोजकमा सापकोटा निर्विरोध निर्वाचित

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०२:०२

सुर्खेत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा भएको महासंघको छैटौं अधिवेशनबाट सापकोटा कर्णाली प्रदेश संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।

दुई दशक बढीदेखी यातायात क्षेत्रमा कार्यअनुभव सम्हालेका सापकोटा हाल सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष छन् । प्रदेश संयोजकमा निर्विरोध निर्वाचित सापकोटाले कर्णाली क्षेत्रमा सञ्चालित यातायात व्यवसायीहरुको हकहितका लागि काम गर्ने  प्रतिक्रिया दिए ।

‘कर्णाली आफैमा भौगोलिक रुपमा विकट छ, यहाँका सडक पूर्वाधार कमजोर छन्,’ सापकोटाले भने, ‘सडक गुणस्तरिय बनाउन र नागरिकहरुलाई सुरक्षित यात्राका लागि दुर्घटनारहित सेवा प्रवाहमा सरोकारवाला निकायसँग पहलकमदी प्रयासहरु गर्नेछु ।’

बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायात क्षेत्र धरसायी बन्नु पर्ने अवस्था रहेको भन्दै सापकोटाले व्यवसायीहरुको हकहितका लागि सरोकारवाला निकायमा दवाव सिर्जना गरेर सुधारात्मक कामहरु कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्ने बताए ।

संयोजक सपकोटाले सार्वजनिक सवारी र ढुवानीका सवारीधनीहरुले व्यहोर्नु परेका समस्याहरुलाई वस्तुगत रुपमा केलाएर समाधानको लागि पहल गर्ने उल्लेख गरे । २०६८ सालमा काँक्रेविहार यातायातका सह–सचिव रहेका सापकोटा त्यसपछि सात वर्ष सचिव थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलबार वीरेन्द्रनगरमा दुई दिने मतदाता शिक्षा तालिम सम्पन्न

३० चैत्र २०७८, बुधबार ०२:०२
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार दुई दिने मतदाता शिक्षा तालिम सम्पन्न भएको छ । नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा मतदाता शिक्षा तालिम सम्पन्न भएको हो । तालिममा स्थानिय तहको अवधारण तथा स्थानीय निर्वाचन प्रणालीका बारेमा संस्थाका केन्द्रिय महासचिव खिमानन्द देवकोटाले सहजिकरण गरेका थिए । आगामी वैशाख ३० गते हुन […]