स्थायी कमिटी गठन गर्दै एमाले, यी हुन् सम्भावित सदस्य

कर्णाली अनलाइन २० मंसिर २०७८, सोमबार ०८:००

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेकाे बुझिएकाे छ।  अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुने बताइएकाे छ।पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा नराखेकाे खुल्न आएकाे छ।यी बाहेक खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे लगभग सहमति भइसकेको एमालेका एक पदाधिकारीले बताए ।

उनका अनुसार, नेताहरु शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ ।@by lokpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पिपुल्स हाइड्रो आईपीओ जारी गर्ने तयारीमा

२० मंसिर २०७८, सोमबार ०८:००
काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्काशन गर्ने भएको हो। कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ। कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध […]

सम्बन्धित शीर्षक