पेट्रोल ,डिजेल र मटितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घट्यो

कर्णाली अनलाइन २० जेष्ठ २०७९, शुक्रबार ०१:२७

काठमाडौं ।नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो ।त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुन स्थानीय तहलाई बजेट कति ? (सूचीसहित)

२० जेष्ठ २०७९, शुक्रबार ०१:२७
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरुले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाउने भएका छन्।स्थानीय तहहरुले समानीकरण अनुदानअन्तर्गत १ खर्ब २३ करोड र सःसर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन्। यसैगरी समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ […]