रुकुम पश्चिम जिप दुर्घटना-एक बालकसहित दुईको मृत्यु

कर्णाली अनलाइन ४ मंसिर २०८०, सोमबार १३:२७

रुकुम।पश्चिममा जिप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन्।

बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए।
उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाैँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए।

जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो। घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ।

जिपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा कार्यक्रम गर्न रोक

४ मंसिर २०८०, सोमबार १३:२७
काठमाडौँ।नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए। पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन […]