
सुर्खेत । सुर्खेत प्रहरीले चितुवाकाे छालासहित चार जनालाइ पक्राउ गरेकाे छ । बराहाताल गाउपालिका -५ बड्डिचौर स्थित प्रेम होटलको ३ नम्बरको कोठामा छालासहित बसि रहेकाे बिशेष सूचनाको आधारमा प्रहरी चौकी बड्डिचौर, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले उनीहरूलाइ पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा पंचदेवल विनायक नगरपालिका-८ अछामका ३५ वर्षीय कमल शाही, साेही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ का २१ वर्षीय ओपेन्द्र शाह र चामुन्डाबिन्द्रासैनी नगरपालिका-२ का ३५ वर्षीय बिमल शाही छन् । प्रहरीले उनीहरूकाे साथबाट तीन थान चितुवाको छाला बरामद गरेकाे जनाएकाे छ । पक्राउ परेका तीनै जनालाइ नियन्त्रणमा लिएर अनुसन्धानको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएकाे छ ।

