राष्ट्रियसभा सदस्यका लागी एमाले कर्णालीबाट नौ जना सिफारिस

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार ११:१८

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको चुनावमा ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको आजको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको उपस्थितिमा आज बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए ।

अध्यक्ष शाहका अनुसार, महिलातर्फ चन्दननाथ नगरपालिका–७ जुम्लाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका–५ सल्यानकी कुन्ता बस्नेत र मुगुम कार्मारौंग गाउँपालिका‘–३ मुगुकी सोनाम छोइजुङ भोटे लामालाई सिफारिस गरिएको छ ।

यस्तै, अन्यतर्फ वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका चुडामणि शर्मा, भेरी नगरपालिका९३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका–४ कालीकोटका हिरे सुनार सिफारिसमा परेका छन् ।छायाँनाथरारा नगरपालिका–१० मुगुका रुपबहादुर बुढा, खाँडाचक्र नगरपालिका–३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

१६ पुष २०७८, शुक्रबार ११:१८
माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको निर्वाचन गर्दैछ। निर्वाचन भएका आफ्ना सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटासमक्ष बैठक स्थगन गर्न आग्रह गरेको थियो। सोही आग्रहअनुसार सभामुख सापकोटाले आजको बैठक स्थगन गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश […]