भीडमाथि गाडी चलाउँदा अमेरिकामा पाँच जनाको मृत्यु सञ्चार संवाददाता

कर्णाली अनलाइन ६ मंसिर २०७८, सोमबार ०८:२१

एजेन्सी।अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदा पाँचजनाको ज्यान गएको छ। घाइतेको संख्या ४० भन्दा बढी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा एक व्यक्तिले रातो रंगको कार परेडमा सहभागी मानिसमाथि चलाएको देखिन्छ।स्थानीय समयअनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कारले बालबालिकासहितलाई हिर्काएको हो। प्रहरी अधिकारीले पाँचजनाको ज्यान गएको बताए पनि परिवारका सदस्यको स्वीकृतिविना विस्तृत विवरण नदिने उल्लेख गरेको छ।

तत्कालका लागि प्रारम्भीक अनुसन्धानबाट घटना आतंकवादी गतिविधि नरहेको प्रहरीको भनाइ छ।घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भीडमा गाडी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ – राष्ट्रपति भण्डारी

६ मंसिर २०७८, सोमबार ०८:२१
जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन्।महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन्। जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन्। प्रदेश २ […]