कर्णालीमा पनि नेपाल वन्दको असर, सवारी र बजार पुर्णरुपमा ठप्प

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार ०५:४७

सुर्खेत। एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको नेपाल बन्दको असर कर्णालीमा पनि परेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधान चलेका छैनन् भने राजधानीको बजार पनि पूर्ण रुपमा बन्द छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीकाअनुसार प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात विहानैदेखि सञ्चालनमा नभएकाे बताए । बजार क्षेत्रमा दुइ पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लाे दिनकाे तुलनामा कम सवारी गुडिरहेकाे तिवारीकाे भनाइ छ ।

यता बन्दको आह्वान गरेको नेकपा क्रान्तिकारी माओवादीका कर्णाली प्रदेश सचिवालय सदस्य करणबहादुर विसीले राष्ट्रहित विपरितको सम्झौता एमसीसी लागु गर्न नदिन व्यापक जन दवावका लागि बन्दको आह्वान गरिएको बताए । उनले आम नागरिक र सम्पूर्ण व्यवसायी, उद्योगी, यातायात व्यवसायी लगायतलाई सडकमा आउन अनुरोध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बस्दै, पेश होला एमसिसी?

४ फाल्गुन २०७८, बुधबार ०५:४७
काठमाडौँ।प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।बैठकको कार्यसूची तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबारको बैठकमा एमसिसी पेश हुने सम्भावना रहेको छ। तर सार्वजनिक भएको सम्भावित कार्यसूचीमा भने एमसिसी छैन। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि थप […]