बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बस्दै, पेश होला एमसिसी?

कर्णाली अनलाइन ४ फाल्गुन २०७८, बुधबार ०६:०५

काठमाडौँ।प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।बैठकको कार्यसूची तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बुधबारको बैठकमा एमसिसी पेश हुने सम्भावना रहेको छ। तर सार्वजनिक भएको सम्भावित कार्यसूचीमा भने एमसिसी छैन। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि थप यकिन हुनेछ।

एमसिसीलाई लिएर धेरैको चासो र चिन्ता रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार नै एमसिसी पेश गर्नुपर्ने निर्णय गरेको थियो।

यस्तै मंगलबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको वार्तामा एमसिसी संसदमा पेश गर्ने सहमति भएको दाबी गरिन्छ। तर एमसिसी संसदमा पेशमात्रै हुने वा पारित पनि गर्ने भन्नेमा भने यकिन हुन सकेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज ६ वटा दलकाे बन्दकाे घाेषणा भएपछि सरकारले बढायाे सुरक्षा सतर्कता

४ फाल्गुन २०७८, बुधबार ०६:०५
काठमाडाैं। एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । आजकाे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा,आहुती […]