सुर्खेत बहुमुखी क्याम्पसको लेखा शाखामा तालाबन्दी

कर्णाली अनलाइन ११ जेष्ठ २०७९, बुधबार ११:०१

सुर्खेत । विद्यार्थीको ढाँड सेक्ने गरी सुर्खेत बहुमुखी क्याम्पसले शुल्क बढाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी कयाम्पसले विद्यार्थीको ढाँड सेक्ने गरी शुल्क बढाएको हो ।

क्याम्पसले शुल्क बढाएसँगै विद्यार्थीले विरोध जनाएका छन् । क्याम्पसले यहीँ जेठ ५ गतेदेखि लागु हुने गरी चर्को शुल्क बढाएपछि विभिन्न विद्यार्थी संगठनले २४ घण्टा अल्टिमेटम दिएका थिए । मंगलबार विद्यार्थीले दिएको २४ घण्टे अल्टिमेटमको सुनुवाई नभएपछि विद्यार्थीहरुले बुधबार क्याम्पसको लेखा शाखाका तालाबन्दी गरेका छन् ।

मंगलबार चार वटा विद्यार्थी संगठन अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा क्याम्पसलाई त्रिभूवन विश्व विद्यालयको विपरित ५० प्रतिशत शुल्क एकैचोटी बढाएर निजी शैक्षिक संस्थाको जस्तो अनियन्त्रित रुपमा निर्णय गरेको भन्दै २४ घण्टे अल्टिमेटम दिएका थिए। उक्त अल्टिमेटम दिएको २४ घण्टा वितिसक्दा पनि क्याम्पसले सुनुवाई नगरेकाे भन्दै संयुक्त विद्यार्थीले तलाबन्दी गरेका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावमा आफु जित्नकै लागि जहाज चार्टरगर्ने जनप्रतिनिधिहरु मतदाता जिल्लाबाहिर फर्किदा बेखवर

११ जेष्ठ २०७९, बुधबार ११:०१
हुम्ला।राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्ला हो हुम्ला ,त्यसमा पनि हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाइ यातायात रहेको छ। झण्डै चारमहिना देखि निजी एयरलाइन्सले फाट्फुट्ट उडान भर्दै आयता पनि हाल त्यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ती खेप्नु परेको छ । गएको वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा आफु जित्नको […]