चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक

कर्णाली अनलाइन ७ पुष २०७९, बिहीबार २०:५८

काठमाडौँ – नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा बिहीवार एक कार्यक्रमबीच टिजर सार्वजनिक भएको हो। सार्वजनिक १ मिनेट ३ सेकेण्डको टिजरमा नेपालका वीर गोरखाली सैनिकको कथावस्तुलाई समेटिएको छ।
वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को निर्देशन मिलन चाम्सको गरेका छन्।

मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तर्रास्ट्रिय स्तरको फिल्मको टिजरमा केही हलिउड कलाकारका साथै नेपाली कलाकारहरूको अभिनय छ।

त्यस्तै, चलचित्रमा केही प्राविधिक बलिउड र हलिउडका रहेको निर्देशक चाम्सले बताए। उनले गोरखा वारियर चलचित्र मात्र नभइ एउटा इतिहास भएको बताए। उनले नयाँ कलाकारले राम्रोसँग फिल्ममा काम गरेको भन्दै नयाँ कलाकारबाट नाम कमाइसकेका कलाकारले पनि अनुशासन र लगनशील हुन सिक्नुपर्नेमा जोड दिए।

उनले नेपालकै कलाकार र प्राविधिकहरूले पनि बलिउड र हलिउडको जस्तै काम गर्न सक्ने भएकाले नेपाली कलाकार र प्राविधिकलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले भने, ‘गोरखा वारियर चलचित्र मात्रै होइन, इतिहास हो। नेपालीहरूले आफैँले बनाएको विश्वमै प्रख्यात कथा हो। नयाँ कलाकार धेरैसँग काम गर्ने मौका पाएँ। नयाँ कलाकारबाट धेरै सिक्नेकुरा पाएँ। नयाँ कलाकारलाई हामीले साथ दिनुपर्छ। एकता, अनुशासन, लगनशीलता स्टाबलिस कलाकारले पनि सिक्नुपर्छ। यो सिनेमामा केही टेक्निसन सहभागी हुनुहुन्छ, हलिउडका पनि हुनुहुन्छ। हाम्रो कलाकार र टेक्निसियनले पनि काम गर्न सक्दारहेछन्। हाम्रो प्राविधिक र कलाकारलाई प्रयोग गरौँ। सोच परिवर्तन गरेर मार्केटिङमा गएको खण्डमा विश्व बजारमा हामी जान सक्छौँ।’

 

लण्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, सुरज तमू, भुवनसिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, आरुष सरु मगर, आशिष गुरुङ, सुमिन गुरुङ, सुशील तामाङ, क्रिस गुरुङलगायत कलाकारको अभिनय छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतवासीले गरे नेपथ्यको सातौं प्रदर्शनलाई भव्य स्वागत

७ पुष २०७९, बिहीबार २०:५८
सुर्खेत।तराईका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका वासिन्दाले ठूलो उपस्थितिका साथ भब्य स्वागत गरेका छन्। ‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुति थियो । बुधबार बेलुकी चार बजेदेखि गेट खुला भएदेखि छ नबज्दै स्थानीय […]