‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जना काठमाडौँबाट पक्राउ

कर्णाली अनलाइन १७ श्रावण २०८२, शुक्रबार १५:४६

काठमाडौँ।‘गुण्डा नाइके’को रुपमा चिनिएका चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना काठमाडौँबाट पक्राउ गरेका छन्।प्रहरीले काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गएराति उनीहरूलाई पक्राउ गरेको हो। गुण्डागर्दीमा तथा आपराधिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय भएर गुण्डा नाइकेहरूलाई पक्राउ गरेका हुन्।

प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो। नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चक्रे मिलनलाई ‘बर्थडे’ पार्टीबाटै पक्राउ गरिएको एसपी आचार्यले बताए। पक्राउपछि उनीहरुलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

‘महाशाखा र परिसरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहर”को नाम/ठेगाना रुजुगर्ने क्रम जारी छ,’ आचार्यले नेपालखबरसँग भने, ‘पक्राउ परेका कतिपय प्रहरीले खोजी गरिरहेकाहरू छन्। त्यसमा कतिपय सर्वसाधारण पनि होलान्। हामी थप बुझिरहेका छौँ। सर्वसाधारणलाई आज छाड्छौँ। दोषीहरूमाथि कानुनी कारबाही अघि बढ्छ।’

चक्रे मिलनसहितले सामाजिक सञ्जालमा सर्वसाधारणलाई आतंकित बनाउने ढंगका पोस्ट गरेको पाइएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

यस विषयमा प्रहरीको उपत्यका अपराध कार्यालयका एआईजी टेकबहादुर तामाङले चासो दिएका थिए। उनले गुण्डा नाइकेहरूलाई नियन्त्रण गर्न निर्देशन दिएपछि मातहतका कार्यालयले निगरानी अघि बढाएका थिए। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएकाे छ। उनीहरू रेष्टुरेन्ट र क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न हुँदै आएकाे प्रहरीले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि लघुवित्त ६.३८ करोड नाफा आर्जन गर्न सफल, खराब कर्जा अनुपातमा पनि कमी

१७ श्रावण २०८२, शुक्रबार १५:४६
काठमाडौँ।एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी बढेसँगै घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण हेर्दा संस्था चौथो त्रैमाससम्म ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५ करोड […]