बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ – राष्ट्रपति भण्डारी

कर्णाली अनलाइन ६ मंसिर २०७८, सोमबार ०९:११

जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन्।महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन्।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन्। प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन्।

सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासीनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए। विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गरे। – न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघ सुर्खेतद्धारा आठ बुँदे ,लेकबेशी घोषणापत्र जारी

६ मंसिर २०७८, सोमबार ०९:११
सुर्खेत ।नेपाल पत्रकार महासंघ सुर्खेत शाखा सुर्खेतले लेकवेशी घोषणपत्र जारी गरेको छ । गत मंसिर ४ गते लेकवेश नगरपालिकाको गमखोलामा आयोजना गरिएको महासंघको तेस्रो पूणर् बैठकले घोषणा पत्र जारी गरेको हो । पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष ललित बसेलको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले […]

सम्बन्धित शीर्षक