कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतमा अत्यावश्यकबाहेकका सेवा बन्द

कर्णाली अनलाइन १७ माघ २०७८, सोमबार ०४:२६

सुर्खेत।कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय सुर्खेतले अत्यावश्यकबाहेका सेवा बन्द गरेको छ। कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।कर्मचारीलाई संक्रमण भएपछि कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष जोडिएका सेवा माघ २१ गते स्थगत गरेको जनाएको छ।

सूचना अनुसार कार्यालयबाट प्रवाह हुने लिखत पारित, दृष्टिबन्धक, रोक्का फुकुवा, नामसारी, दाखिला खारेजलगायतका सेवा स्थगन गरिएको छ।दैनिक प्रशासनिक कार्यलगायत अदालत, प्रहरी र प्रशासनसँग सम्बन्धित काम भने जारी रहने कार्यालय प्रमुख जनकबहादुर हमालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दैलेख प्रशासनका अत्यावश्यकबाहेकका सेवा बन्द

१७ माघ २०७८, सोमबार ०४:२६
दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दैलेख प्रशासनले माघ १७ गते देखि २१ गतेसम्मका लागि सवै नियमित सेवा बन्द गरेको छ। जिल्ला प्रशासन दैलेखमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्णाली अनलाइनलाई […]