सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ०३:५४

काठमाडौं ।सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन् । गएराति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी भएकी हुन् । विमलाले ८५ मत ल्याउँदा  कमला पन्थीले ८३ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएकी छन् ।महाधिवेशनबाट सदस्यहरूमा आठ जना विजयी भएका छन् । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ससुरा र जेठाजुद्वारा बुहारीमाथि तेजाब प्रहार

१२ चैत्र २०७८, शनिबार ०३:५४
वीरगञ्ज।बाराको कलैया उपमहानगरपालिकामा शुक्रबार राति एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ। राति ८ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरमा बस्ने उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि तेजाब प्रहार भएको हो। बारा कलैया उपमहानगरपालिका– २३ कोरिया टोलस्थित माइतीघर आउँदै गरेकी पटेलमाथि मोटरसाइकलमा आएका दुई जनाले तेजाब प्रहार गरेका […]