ससुरा र जेठाजुद्वारा बुहारीमाथि तेजाब प्रहार

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ०४:०४

वीरगञ्ज।बाराको कलैया उपमहानगरपालिकामा शुक्रबार राति एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ। राति ८ बजेको समयमा पर्सा वीरगञ्ज महानगरपालिका– १३ श्रीपुरमा बस्ने उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि तेजाब प्रहार भएको हो।

बारा कलैया उपमहानगरपालिका– २३ कोरिया टोलस्थित माइतीघर आउँदै गरेकी पटेलमाथि मोटरसाइकलमा आएका दुई जनाले तेजाब प्रहार गरेका थिए। तेजाब प्रहार गरेको आरोपमा पटेलकै ससुरा हवारी साह र जेठाजु रामबाबु साहलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

तेजाब प्रहारबाट घाइते भएकी पटेललाई कलैयामा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वीरगञ्ज ल्याइएको उनले बताए। तेजाब प्रहार किन भएको भन्ने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा पानीमा डुबेर २ जनाको मृत्यु

१२ चैत्र २०७८, शनिबार ०४:०४
दाङ।दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न […]