दाङमा पानीमा डुबेर २ जनाको मृत्यु

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ०४:१२

दाङ।दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।त्यस्तै राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्दै

१२ चैत्र २०७८, शनिबार ०४:१२
कास्की। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले नेपाल सरकारलाई आज हस्तान्तरण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई साँचाे हस्तान्तरण गर्न लागेका छन् । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री […]