मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

कर्णाली अनलाइन ४ असार २०७९, शनिबार ०९:४५

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साझ १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जादै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउपालिका–१ का २४ वर्षीय हरीबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।ठक्कर दिँदा ऐडीको नाक, मुख र शरिरमा भित्री चोट लागि घाइते भएको र उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।

प्रहरीका अनुसार ऐडीको शुक्रबार साझ १०ः४५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।शुक्रबार राती ११:४५ बजे ऐडीको शव शवगृहमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटना

४ असार २०७९, शनिबार ०९:४५
सुर्खेत । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका-९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार […]