सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटना

कर्णाली अनलाइन ४ असार २०७९, शनिबार ०९:५६

सुर्खेत । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका-९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।साथै उक्त ट्रक चालक र सह-चलाक ट्रकभित्र च्यापिएको उद्धार भइरहेको प्रहरीको भनाई रहेको छ । हाल उनीहरूको पहिचान खुलेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सिसीटिभी फुटेज हेर्दा प्रष्ट हुन्छ’-मन्त्री आले

४ असार २०७९, शनिबार ०९:५६
काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनैपनि कर्मचारीमाथि दुर्व्यवहार नभएको बताएका छन्।उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका हुन्। उनले भने,‘समाचारमा उल्लेख भएजस्तो […]