मौसम पूर्वानुमान् महाशाखा- शनिबार सुदूरपश्चिम, कर्णालीमा वर्षाको सम्भावना

कर्णाली अनलाइन १९ फाल्गुन २०८०, शनिबार ०९:०३

सुर्खेत।हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली रहने छ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनीसहित बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कपडा बैंक–हामी नेपालद्वारा लत्ता कपडा सहयोग

१९ फाल्गुन २०८०, शनिबार ०९:०३
सुर्खेत।काठमाडौंको टोखा नगरपालिकामा शुक्रबार एक कार्यक्रमका विच ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । टोखा नगरपालिकाको प्राङगणमा गरिएको कपडा दानको पेटीमा हामी नेपाल संस्थाले १ गाडी नयाँ तथा लगाउन मिल्ने कपडा दान गरेको छ । क्लोथ एण्ड फुड बैंक नेपालद्वारा टोखा नगरपालिकासँगको सहकार्यमा प्रयोगमा नआएका लत्ता कपडा प्रशोधन गरी आवश्यक पर्ने […]