सशस्त्र प्रहरीका जवान मर्स्याङ्दीमा बेपत्ता

कर्णाली अनलाइन १५ पुष २०७९, शुक्रबार २१:२८

सुर्खेत। सशस्त्र प्रहरीका जवान मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भएर मनाङ जाँदै गर्दा जवान अनन्त महत नदीमा बेपत्ता भएका हुन् ।

उनी लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ काभ्रे भिरबाट खसेर बेपत्ता भएका हुन् । बेंसीशहरबाट उनी मनाङ जाँदै गर्दा बाटोमा गाडी रोकेर झरेका थिए ।सडक किनारमा पिसाब गर्ने क्रममा उनी लडेर बेपत्ता भएका प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु पर्‍योः शशांक कोइराला

१५ पुष २०७९, शुक्रबार २१:२८
चितवन।नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’ पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उgको भनाइ थियो। गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए। उनले भने, ‘ठूलो पार्टीको […]

सम्बन्धित शीर्षक