जनार्दन शर्माले पुन अर्थमन्त्रीमा सपथ लिदैँ

कर्णाली अनलाइन १५ श्रावण २०७९, आईतवार १४:२७

काठमाडौँ।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।

पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।

आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

च्यासलमा एमाले केन्द्रीय विभागको बैठक, ओली पनि उपस्थित

१५ श्रावण २०७९, आईतवार १४:२७
काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। बैठकमा ३३ वटै विभागको सहभागिता रहेको उनको भनाइ छ। बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुत भइरहेको समेत […]