सुनको भाउ एकै दिन १९ सय रुपैयाँले बढ्यो

कर्णाली अनलाइन १८ फाल्गुन २०७८, बुधबार ०६:३१

काठमाण्डौं । सुनको भाउ एकै दिन १९ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ । सुनमा गरिएको लगानीलाई सुरक्षित मानिने हुँदा संकट परेका बेला धेरैले सुनमा लगानी गर्छन् । यसले गर्दा सुनको माग बढी हुन्छ । यसको असर बजारमा पर्ने महासंका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउनु हुन्छ ।

यस्तै, अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका कारण पनि भाउ बढेको उहाँको भनाइ छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँमा करेन्ट लागेर वडा सदस्य ओमबहादुर नेपालीको ज्यान गयाे

१८ फाल्गुन २०७८, बुधबार ०६:३१
तनहुँ । गएकाे छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएकाे हो । छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो […]