तनहुँमा करेन्ट लागेर वडा सदस्य ओमबहादुर नेपालीको ज्यान गयाे

कर्णाली अनलाइन २० फाल्गुन २०७८, शुक्रबार ०५:००

तनहुँ । गएकाे छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएकाे हो ।

छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो । तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे उहाँले बताउनुभयो ।

नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवम् आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताप्लेजुङ जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेपछि

२० फाल्गुन २०७८, शुक्रबार ०५:००
ताप्लेजुङ । जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । हिजाे बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा रहेको […]