भोजपुर । नेकपा एमाले जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ। एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा मकर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराती सर्वसम्मत चयन भएका छन्। एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो।
जिल्ला अध्यक्षमा शरण कुमार राई र मकर खड्काको दावेदारी रहेको थियो। दुई जनाबीच सहमति गराउन शुक्रबारबाट शुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो।
एमालेका स्थायी कमिटी सदस्य शेरधन राई र भोजपुर इन्चार्ज हरिबहादुर राईसहितको सक्रियतामा सर्वसम्मत रुपमा नयाँ कमिटी गठन भएको हो। नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार नै पद तथा गोपनियताको सफत गराइएको छ।