काठमाडौँ। नेपालमा मनसुन भित्रिन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ । पूर्वी भेग हुँदै मनसुन भित्रिने गर्छ । भारतको केरलासम्म आइपुगेको मनसुनी रेखा मोडिएर दुईतिर बाँडिएको छ । यो सँगै नेपालमा मनसुनी गतिविधि बढ्न थालेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसरी बाँडिएको दुई मनसुनी रेखामध्ये एउटा मनसुनी रेखा पाकिस्तानतर्फ र अर्काे बङ्गलादेशतर्फ लागेको छ । मौसमविद् समीर श्रेष्ठले बङ्गलादेशतिर लागेको रेखा बङ्गालको खाडीमा पुगेपछि सिर्जना भएको न्यूनचापीय रेखा नेपालतर्फ सोझिने र त्यसले नेपालमा मनसुन भिœयाउने बताए।
आकाशमा मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वीय वायुको आगमन तीव्र बनेको छ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा हुने भएकाले सतर्क र हन महाशाखाले अनुराेध गरेको छ । विशेष गरी पूर्वी नेपालका धेरै स्थानमा वर्षाको सम्भावना बढी रहेको महाशाखाले उल्लेख गरेको छ ।