भीम रावलले पार्टीमा जिम्मेवारी नै लिन खोज्नुभएन-शंकर पोखरेल

कर्णाली अनलाइन २ पुष २०७८, शुक्रबार ११:३०

काठमाडौँ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन्।महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने बित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने स्पष्ट पारे।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राखे।

उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे।महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताए।

पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि? भनि सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए।त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्न नै नगर्ने तर्क समेत गरे।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टा २२४ मा कोरोना संक्रमण, ३ को मृत्यु

२ पुष २०७८, शुक्रबार ११:३०
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या […]